बागमती : दुई दिनदेखिको अविरल वर्षाले कुलेखानी जलाशय भरिएपछि एउटा ढोका खोलिएको विद्युत प्राधिकरणले जनाएको छ।
एउटा ढोका खोल्दा पनि पानीको सतह १५३१.०६ मिटर नै रहेकाले केहीबेरमा अर्को ढोका खोलिने प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार रातभरि पूर्ण क्षमतामा तीन वटै विद्युतगृह सञ्चालनमा ल्याइएको थियो।
तीनवटै प्लान्ट चलाउँदा पनि पानी भरिएकाले शुक्रबार साँझ नै सीमखोला र चखेलबाट आउने स्रोत डाइभर्ट गरिएको थियो। तै पनि एक घन्टामा ३० देखि ४० सेन्टिमिटरको दरले बढेपछि ढोका खोलिएको हो।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ।