सञ्चालनमा आयो बिपी राजमार्गको सिन्धुली खण्ड


बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फको सडक सन्चालमा आएको छ।

अविरल वर्षापछि आएको बाडी र पहिरोले सडक भासिएर अवरुद्ध बनेको राजमार्गको नेपालथोक–खुर्कोट–सिन्धुली सडक मर्मत गरी सञ्चालना ल्याइएको हो।

सुरक्षा निकायको सक्रियतामा सो सडकमा भएका पहिरोहरू पन्छाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलानाथ शर्माले जानकारी दिए।

उनका अनुसार सिन्धुलीको सिमाना नेपालथोकसम्म भएका अवरोधहरू हटाएइएको छ।

सुनकोसी नदीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ कान ढुंग्री नजिक आइतबार बिहान सडक भासिएर अवरुद्ध बनेको थियो।

भासिएको सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याएको हो।

नेपाली सेनाको भवानीदल बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरेका गरिएको थियो।

सम्बन्धित समाचार

सबै