लालबन्दी : बरहथवामा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका-३ निवासी चित्ररेखा देवीको सोमबार दिउँसो सर्पको डसाइबाट मृत्यु भएको हो।
सर्पले डसेपछि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएकी उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लगिएको थियो।
बरहथवा स्वास्थ्य केन्द्रमा उपचार गराएर उनलाई नवलपुरस्थित सर्पदंश केन्द्रमा लैजाँदा पूरै शरीरमा विष फैलिसकेको थियो।