मलंगवा : सर्लाहीमा चार दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ।
बलरा नगरपालिका–१ हथियौलका २७ वर्षीय पवन गिरीको शव मंगलबार डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गिरीको शव बलरा–३ लक्ष्मीपुरस्थित नेपाल–भारत सीमाको दशगजा छेउमा रहेको सीताराम पण्डितको उखुबारीबाट फेला परेको हो।
गत शुक्रबार साँझ साढे ६ बजेतिर भारतको बसबिट्टा बजार जान्छु भनी हिँडेको र त्यसपश्चात् सम्पर्कविहीन भएका थिए।
प्रहरीकाअनुसार बा२७ प ९२०८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किने क्रममा बागमती नदीमा आएको बाढी गाउँ पसेपछि उनी डुबेका हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीयले गिरीको शव भेट्टाएका थिए। शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा ल्याइएको छ।