नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो

वीरगन्ज : नेपाल-भारत सीमा क्षेत्रमा मंगलबार गोली चलेको छ।

घटनाबारे अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीका अनुसार भारतीय सुरक्षा बल एसएसबीले गोली चलाएको स्वीकारेको छ।

सीमा क्षेत्रमा एक समूहसँग वादविवाद हुँदा आफूहरूले ‘सेल्फ डिफेन्स’ मा गोली चलाएको उनीहरूले स्वीकारेका भारतीय एसएसबीले जनाएको छ।

मितेरी पुल नजिकैबाट एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शीहरू पनि बताएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार भारतीय एसएसबीले नेपाली भूमिमै छिरेर गोली चलाएका हुन्। वीरगन्ज–रक्सौल नाकास्थितको मितेरी पुलको एरियाबाट नेपाली भू-भागमा प्रवेश गरेर एसएसबीले गोली चलाएको ती प्रत्यक्षदर्शी दाबी गरेका छन्।

भारतीय भूमिमा पर्ने अहिरवा टोलाबाट एक समूहलाई लखेट्दै आएका एसएसबीका एक जवानले गोली चलाएको जनाइएको छ।

मंगलबार दिउँसो चलेको गोलीकाण्डबाट कुनै किसिमको मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल-भारतको सीमा नजिकैबाट एउटा गोलीको खोका बरामद भएको छ। बरामद भएको गोलीको उक्त खोका इन्सास राइफलको रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिए।

उनका अनुसार मितेरी पुल नजिकैबाट गोली बरामद त भएको छ तर कसले र किन चलाएको भन्ने पुष्टि भएको छैन। घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको पर्सा प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार प्रहरीले अहिले विशेष टोली खटाएको छ। सो टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै