रौतहटबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ, एक सर्लाहीका

बागमती : रौतहटका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा गरुडा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना सर्लाही ईश्वरपुरनगरपालिका युवकसमेत रहेका छन्। पक्राउ गरेका तीनैजनाले विभिन्न स्थानबाट तीनवटा मोटरसाइकल चोरी गरेका प्रहरीले जनाएको छ।

प्रहरीले बुधबार सार्वजनिक गरेहरूमा गढीमाई नगरपालीका–६ का धिरज साह, कटहरिया नगरपालीका–९ डुमरिया टोलका मंदित यादव र सर्लाही ईश्वरपुर नगरपालिका–१३ का श्याम महतो रहेका छन्।

प्रहरीका अनुसार धिरजले गढीमाई-६ बखरीटोलका नितेश साहको प्रदेश नम्बर २०३–०११ प २६३१ नम्बरको स्प्लेन्डर मोटरसाइकल असोज २१ गते बेलुका चोरी गरेका थिए। त्यस्तै यादवले माधवनारायण नगरपालिका–६ माधोपुर टोलका श्यामबाबु यादवको भारतीय बीआर ३० एक्स ६५५८ नम्बरको अपाचे मोटरसाइकल असोज २२ गते दिउँसो चोरी गरेका थिए।

र श्यामले यमुनाईमाई गाउँपालिका–१ सुकदेवचोकका स्थानीय अम्बिकाप्रसाद यादवको बीआर ३० एएम १६४८ नम्बरको भारतीय पल्सर मोटरसाइकल असोज २६ गते बेलुका चोरी गरेका थिए।

पक्राउ परेका तीनै जनाले अन्य स्थानबाट पनि मोटरसाइकल चोरी गरेको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै