२०८१ साल मंसिर १२ गते बुधबारको राशिफल :
मेष- कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ। परिवारमा आर्थिक समस्याले पनि सताउने छ। काम गर्न जाँगर आउनाले धनको लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति पनि हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउादा फाइदा हुन सक्छ। साथै, व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।
वृष- आज अनावश्यक डर लाग्न सक्छ, सतर्क रहनु होला। कसैसँग हल्का मनमुटाव पनि होला। चिन्ता र विचार दुवै बढ्ने तथा समयमा निर्णय नहुँदा काममा अवरोध आउने योग छ। स्वास्थ्यमा अचानक गडबडी हुन सक्छ। चोटपटकको भय पनि छ।
मिथुन- आज कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कर्कट- आज सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। साथै, आर्थिक कारोबार राम्रै रहला। परिरवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ।
सिंह- नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ।
कन्या- आज अल्छीले सताउला। शरीरमा रोग लाग्नाले धनको पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्याउनु होला। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
तुला- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। तपाईंको बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ।
वृश्चिक- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पनि पाइएला। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट सुखको अनुभूति प्राप्त होला।
धनु- शरीरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ। धनलाभ हुने सम्भावना छ। रमाइलो यात्राको योग पनि छ। हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ।
मकर- आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । सामान्य रोगले सताउला। भौतिक सरसामानको पनि क्षति हुने दिन छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ।
कुम्भ- बिहानीपख सुखको अनुभव होला। तर, बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ। सोचेअनुसार काम सम्पन्न भने हुने छैनन्।
मीन- आजको दिन पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने दिन छ। व्यापार-व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।