सर्पले डसेर ईश्वरपुरमा बालकको गयो ज्यान

लालबन्दी : ईश्वरपुरमा विषालु सर्पले डसेर एक बालकको ज्यान गएको छ।

ईश्वरपुर नगरपालिका-८ ईश्वरपुुर टोल निवासी रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीको मृत्यु भएको हो। आज बिहान घरमा सुतेकै ठाउँमा करेत सर्पले बालकलाई डसेको थियो।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुर लैजानेक्रममा बाटोमा नै ज्यान गएको हो।

सम्बन्धित समाचार

सबै