लालबन्दीमा मोटरसाइकल दुर्घटना, ५० वर्षीय पुरुष घाइते

लालबन्दी: सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

आज शुक्रवार राति साढे ८ बजेतिर परवानीपुरबाट रानीगन्जतर्फ आउँदै गरेको ज १० प ५०६४ नम्बरको मोटरसाइकल रानीगन्जस्थित भित्री सडकमा दुर्घटना हुँदा त्यसका चालक लालबन्दी -८ बस्ने ५० वर्षीय राजन तिमिल्सिना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका तिमिल्सिनालाई उपचारका लागि लालबन्दी नगर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा घाइते तिमिल्सिनाको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै