
२०८१ साल मंसिर १५ गते शनिबारको राशिफल :
मेष- कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ।
वृष- खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ। आँटेको काममा सफलता मिल्नेछ। अरूबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि छ। तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ।
मिथुन- स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन्। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ। स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ।
कर्कट- भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ।
सिंह- रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ। पेटमा गडबड भइरहने भएकाले खानपानमा ध्यान दिनु जरुरी छ। उत्साहबर्द्धक समाचार सुन्न पाइनेछ।
कन्या- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। स्थायी सम्पत्ति बढाउन सकिनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्।
तुला- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। विलासितामा खर्च बढ्नेछ।
वृश्चिक- समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। आज तपाईंलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला।
धनु- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। समय लागे पनि काम सम्पादन हुनेछन्। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। नसोचेको ठाउँबाट धन प्राप्त भई मन प्रशन्न रहनेछ। पढाइमा पनि केही प्रगति हुने दिन छ।
मकर- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्राको सम्भावना छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्।
कुम्भ- नयाँ काम पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोबार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ। नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ।
मीन- बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। अरूको भर पर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। तत्काललाई ठूलो फाइदा नभए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।