२०८१ साल मंसिर २० गते शुक्रबारको राशिफल

२०८१ साल मंसिर २० गते शुक्रबारको राशिफल :

मेष: सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काममा प्रशंसा, बढुवा वा उन्नति हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणयसम्बन्ध प्रगाढ हुने समय छ।

वृष: कतैकतै झैझमेलाको अवस्था आउला। घरको वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा समय खर्चनु पर्नेछ।

मिथुन: नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग छ। परीक्षा वा प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

कर्कट: अध्ययन अध्यापन सफल रहनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। बिलासी बस्तुको प्रयोग गर्न पाइनेछ।

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।

कन्या: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ तर आफन्तको साथ र सहयोग पाइनेछ।

तुला: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। न्यायीक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

धनु: शुभ समाचार सुन्न पाइएला। सजिलै अरूको मन जित्न पनि सकिनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

मकर: टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। साँझमा भने प्रियजनको साथ मिल्नेछ।

कुम्भ: आकस्मिक धनलाभ हुनसक्छ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। माया प्रेममा सामीप्यता बढ्नेछ। सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ।

मीन: सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

सम्बन्धित समाचार

सबै