२०८१ साल मंसिर २२ गते शनिबारको राशिफल :
मेष- धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ। आज धनलाभको योग छ। दिन खुशीसाथ बित्ने छ। परिवारमा पनि सुखको माहोल बन्नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
वृष- आज कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ। नयाँ ठाउँको यात्रा हुनेछ। पुराना साथीसँग भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ। यात्राबाट केही धन पनि आर्जन हुनेछ।
मिथुन- दैनिक प्रयोगको सामान बिग्रनाले आर्थिक हानी हुन सक्छ। शरीरमा रोगले सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुका साथै काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगब्याधले सताउन सक्छ। समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ। सोचेअनुरुप काम नहोला।
कर्कट- मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। तर, सोचेको काममा बाधा बेहोर्नुपर्ला। अरूको काम धेरै गर्नु पर्ला। जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ। छरछिमेकमा केही असमझदारी बढ्ने योग छ तर खास हानी पुग्ने छैन। दिन ठीकै छ।
सिंह- बन्द-व्यापारबाट लाभ मिल्नेछ। स्वास्थ्य सबल रहने छ। पढाइमा सफलता मिल्ने दिन छ। नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
कन्या- आज तपाईंलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भई धनलाभ होला।
तुला- हातहतियारबाट जोगिएर काम गर्नुहोला। छरछिमेकसँग सामान्य मनमुटाव हुनेछ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। ठूला व्यक्तिहरूबाट आलोचना हुनेछ। कसैसँग वादविवादको पनि सम्भावना छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्।
वृश्चिक- आज कुनै काममा झमेला सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। धन मान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चस्व बढाउन सफलता मिल्ने छ।
धनु- पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने र नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ। घरमा पाहुनाले सताउलान्। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
मकर- प्रायः सबै काम बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोज-भतेरमा संलग्न भई ठूला व्यक्तिको विश्वास जित्न सकिने छ। बौद्धिक क्षमता प्रष्फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला।
कुम्भ- वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको पनि नाश होला। विवाद र चिन्ता बढ्ने तथा सामाजिक मर्यादामा संकट र अवरोध आउने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ।
मीन- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अन्नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। आर्थिक एवं अन्न लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा फाइदा होला।