आजको राशिफल : तुलालाई व्यापारमा हानी, कुम्भ वादविवादमा फस्ने

२०८१ साल मंसिर २३ गते आइतबारको राशिफल :

मेष- काममा मातापिताको सहयोग प्राप्त होला। विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ। समाजमा प्रतिभाको कदर हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद देखिन्छ। फाइदा हुने योग छ।

वृष- सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। यात्राको योग छ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्। जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन। आकस्मिक यात्राको समय छ। नयाँ जिम्मेवारी पाइएला।

मिथुन- थकानको अनुभव हुनेछ। अप्रिय समाचार सुन्‍नु पर्दा मन खिन्‍न हुनेछ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च र शरीरमा आलस्यता बढ्नेछ। विश्‍वास गरेकाबाट धोका हुन सक्छ। पठन-पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्।

कर्कट- मनग्य धन कमाउने अवसर मिल्नेछ। अरूको मन जित्‍न सजिलै सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ। काममा रुचि घट्नेछ भने मनमा खराब विचारहरूले डेरा जमाउने छन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्‍ने समय छ।

सिंह- अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत छ। बोलीको कदर हुनेछ। कुनै विशेष खुशीको समाचार सुन्‍न पाइएला। राम्रो काम गर्ने वातावरण मिल्ला। दिनदुःखीलाई दिएको सहयोगको प्रतिफलका रूपमा रोकिएको काम बन्‍न सक्छ। धन लगानी गर्ने अवसर पाउनुहुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या- व्यावसायिक क्षेत्रमा लाभप्रद छ। पुराना इष्‍टमित्र र प्रेमी-प्रेमिकाको मिलन हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सहयोग, पुरस्कार र हौशलामा वृद्धि हुनेछ। बिग्रिएका कामहरू बन्‍ने छन्। लाभ हुनेछ।

तुला- बोलीको विपरीत अर्थ लाग्‍न सक्छ। व्यापारमा हानी बेहोर्नुपर्नेछ। कर्मचारीले अपजस बहोर्नुपर्नेछ। यात्रा घातक बन्‍न सक्छ। विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। यात्रा नगरेकै वेश होला। गरिएका कामको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिएला।

वृश्‍चिक- विश्‍वास गरेका व्यक्तिबाट नै विश्‍वासघात हुने सम्भावना छ। पारिवारिक समस्याले मन खिन्‍न हुनेछ। अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन। माता-पिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला।

धनु- मिष्‍ठान्‍न भोजन प्राप्त हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। नसोचेका कामहरू बन्‍ने छन्। आत्मविश्‍वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीत लिंगीबाट सहयोग मिल्ला। प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्मप्राप्तिको योग छ।

मकर- समय मनोरञ्‍जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। दाजुभाइको प्रगतिको समाचार सुन्‍न पाइएला। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। प्रतिस्पर्धीहरूले हार खान सक्छन्। पशुधन र जमिनबाट लाभ मिल्नेछ।

कुम्भ- सानातिना काम र घरेलु समस्यामै समय व्यतीत हुनेछ। वादविवादमा फस्‍ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ। बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ। बोलीको गलत अर्थ लाग्‍ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ।

मीन- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

सम्बन्धित समाचार

सबै