वडा सदस्यको मृत्युको शोकमा लालबन्दी नगरपालिकाले दियो बिदा

लालबन्दी : वडा सदस्यको मृत्यु भएको शोकमा लालबन्दी नगरपालिकाले बिदा दिएको छ।

लालबन्दी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य जोधन ठाकुर हजामको मृत्यु मंसिर ३० गते मृत्यु भएको थियो।

वड सदस्य हजामको शोकमा भोलि पुस १ गते नगरपालिकास्थित सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शिक्षण संस्थाहरू, वित्तीय संस्थाहरूमा शोक बिदा दिइएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित ७२ वर्षीय वडा सदस्य हजामको दुवै मृगौलाले काम गर्न छाडेको थियो। उनको आज बिहान जब्दीस्थित आफ्नै निवासमा निधन भएको नगरपालिकाले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै