लालबन्दी : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
आइतबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।
