एनपिएलः जनकपुर बोल्ट्सले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेको छ।

टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो। पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।

कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो। कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ। पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।

लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो। कर्णाली बुधवार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ। बुधवार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन्।

सम्बन्धित समाचार

सबै