आजको राशिफल : मकरलाई चोटपटक लाग्न सक्ने, कुम्भको आर्थिक हानि

२०८१ साल पौष १२ गते शुक्रबारको राशिफल :

मेष- व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ।

वृष- व्यापार-व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्‍नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।

मिथुन- विचार नपुर्‍याई बोल्नाले समस्या उत्पन्‍न हुन सक्छ। सामाजिक प्रतिष्‍ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ। कडा प्रयास गरे पनि सफलता हात नलाग्‍न सक्छ। साथै, वादविवाद हुन सक्छ।

कर्कट- पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेझैं लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ।

सिंह- आम्दानी बढ्ने समय छ। मनोरञ्‍जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला। भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ। शिक्षा क्षेत्रमा शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। र, त्यसबाट मान प्रतिष्‍ठा वृद्धि हुनेछ।

कन्या- काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ। सुख-दुःखमा साथ दिनेहरू भने भेटिनेछन्। आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्‍न सक्छ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ।

तुला- स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। अरूका काममा समय खर्चनुपर्ला। पेटको खराबीले सताउला। पढाइ-लेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला।

वृश्‍चिक- काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौतीसमेत देखापर्नेछन्। कोशिस गर्दा केही अवसर मिल्न सक्छ। आर्थिक पक्ष सबल बन्‍नेछ। चुनौतीहरू सजिलै पार लाग्‍नेछन्। बुद्धि-विवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ।

धनु- प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा पनि फाइदै हुनेछ, खर्च भने बढ्नेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ।

मकर- व्यावसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ। आयआर्जन भए पनि चोटपटक लाग्‍न सक्छ। मित्र वर्गबाट साथ सहयोग पाइनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्‍ट रहने छ।

कुम्भ- झमेला, विवाद र चोटपटकको योग छ। आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ। नयाँ काम शुरु गर्ने समय छ। खर्चको मात्रा भने बढ्न सक्छ। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला।

मीन- पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला। काममा समेत केही चुनौती देखा पर्नेछन्। स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काम गर्नमै समय बिताए मन खुशी रहने छ। तथापि, सोचेजति फाइदा हुने छैन।

सम्बन्धित समाचार

सबै