जानकी मन्दिरमा बेलायती राजदूतको मैथिली परपम्पराअनुसार एनिभर्सरी (तस्वीरहरू)

जनकपुरधाम : नेपालका लागि बेलायती राजदूत रब फेनले श्रीमती जुलिया फेनसँग जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन्। मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर उनीहरूले २२औँ वैवाहिक वर्षगाँठ मनाएका हुन्।

जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिए। श्रीमतीलाई औंठी लगाइदिए। जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए।

राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए।

‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतुलनीय सौन्दर्यले मलाई यो वर्षगाँठ यहाँ मनाउन प्रेरित गर्‍यो’, राजदूत फेनले भने।

सम्बन्धित समाचार

सबै