पर्सा: खुर्सानीको बोरा भित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ

पर्सा : सशस्त्र प्रहरीले वीरगंज भन्सारको मुलद्वारा अगाडिबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ गरेको छ।

तेस्रो लिङ्गीको रुपधारण गरि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहाका मिश्रि रामको साथबाट लागूऔषध बरामद गरेको हो।

भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका रामलाई थप अनुसन्धान र कारबाहीका लागि इनर्वा प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै