
काठमाडौँ – अजरबैजान र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जका एकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
चौरसियाले अजरबैजान पठाउने भन्दै ४ लाख र दुलालले दुबई पठाउने भन्दै तीन लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।