हरिवनका तीन वटा औषधि पसल र एउटा अस्पताल सिल

हरिवनः मापदण्डविपरीत र निषेधित औषधि बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनका तीन वटा औषधि पसल र अस्पताललाई सिल गरेको छ।

हरिवन नगरपालिका वडा नम्बर ११ स्थित बजारमा रहेको न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र हरिवन-९ नयाँरोडमा रहेको नयाँरोड सिटी हेल्थकेयर हस्पिटल प्रालिमा सिल गरिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।

ती औषधी पसल र अस्पतालमा मापदण्डविपरीतका, म्याद नाघेका र निषेधित औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका प्रतिनिधिसमेतको उपस्थितिमा आइतबार प्रहरीले खानतलासी गरेको थियो।

‘हामीले गरेको अनुगमनमा ती औषधि पसल र अस्पतालमा म्याद नाघेका र मापदण्डविपरीतका औषधि पाइयो,’ इन्सपेक्टर गिरीले भने, ‘त्यस्ता औषधि बरामद गरेर ती औषधि पसल र अस्पताल सिल गरी अर्को आदेश नहुन्जेलसम्म लागि बन्द गरिएको छ।’

ती औषधि पसलबाट म्याद नाघेका Clonaz- 0.25, Oticin, Tracedol, Loree, Dolomust-MR, Rabiroz-DSR, Ashyclotlam-SP, SPASMO लगायतका औषधि बरामद गरिएको गिरीले बताए।

सम्बन्धित समाचार

सबै