सर्लाहीमा पनि भूकम्पको धक्का

बरहथवा : केहीबेरअघि सर्लाहीमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार बिहान ६ बजेर ५२ मिनेट जाँदा सर्लाहीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्काले सर्लाहीवासी होहल्लासहित घरबाहिर निस्किएका थिए।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मोरङ, सुनसरी, सप्तरी,सिरहा, महोत्तरी, रौतहट, बारा र पर्सामा समेत भूकम्प गएको बताएका छन्।

तिब्बतको सिगात्से मुख्य केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भुइँचालो गएको हो। भूकम्पको नेपाल, भारत, भुटान र चीनमा धक्का महसुस गरिएको हो।

सम्बन्धित समाचार

सबै