मधेश प्रदेशका सहिद परिवारको स्वास्थ्य बीमा, १ हजार ८१ परिवारले पाउने

जनकपुरधाम : मधेश प्रदेश सरकारले सहिद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरु गरेको छ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पुस ९ गतेदेखि बीमा कार्यक्रम लागू भएको जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिएका हुन्।

मधेश सरकारले मधेश आन्दोलनका सहिद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका सहिद र जिउँदो सहिद गरी १ हजार ८१ परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्री लेखीले बताए।

मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका सहिद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए। कार्यक्रमले त्यस्ता परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ।

मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए। यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्नेछ।

सम्बन्धित समाचार

सबै