बारा : माघे सङ्क्रान्तिको विशेष अवसरमा मङ्गलबार बारामा ठूलो मेला लागेको छ।
मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिए।
यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि आर्थिक अभावले बली चढाउन नसक्नेले मङ्गलबार बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिए। ‘मङ्गलबार पनि श्रद्धालुले बोकाको बली दिनुभएको छ भने केहीले परेवा उडाएर भाकल पूरा गर्नुभएको छ,’ उनले भने।
गढीमाई मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताए।
भारतबाट आउने भक्तजनका लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वतावरण मिलाएको थियो।