लालबन्दी : काठमाडौँबाट जनकपुरधामबाट आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर-६ स्थित कानढुंग्रीमा बा३ ख ८४४५ नम्बरको माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ।
टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताए।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ।
अन्य ६ जनाको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल उपचार हुँदै छ। माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।