
२०८१ साल माघ ०८ गते मंगलबारको राशिफल :
मेष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।
वृष : लाभदायक यात्रा हुनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।
मिथुन : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। चोटपटकको भय छ सचेत रहनुहोला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कर्कट : नसोचेको ठाउँबाट धनागम हुनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मनोरञ्जनमा सहभागी भइएला। भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।
सिंह : धार्मिक यात्राको योग छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।
कन्या : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। आतिथ्यपूर्ण सम्मान पाइएला।
तुला : सहकर्मीबाट विरोध आउला। सरकारी निकायको भय रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु पर्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग होला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
धनु : रमणीय र सुखद यात्राको योग छ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ।
मकर : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। नजिकका व्यक्तिबाट भने धोका पाइन सक्छ, सचेत रहनुहोला।
कुम्भ : मन कमजोर रहन सक्छ। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुनेछन्। यात्रामा सावधानी अपनाउनु पर्नेछ, साँझमा भने धनलाभ हुन सक्छ। प्रयत्न गरेमा बढी फाइदा लिन सकिनेछ।
मीन : शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।