
काठमाडौँ – लामो समय मधेश आन्दोलनमा बिताएका राजेन्द्र महतोको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ।
उनी आफैँ अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो।
पछिल्लो समय राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। मंगलबार निर्वाचनमा आयोगमा उक्त दल दर्ता भएको प्रमाणपत्र दिइएको हो।
चुनाव चिह्न ‘माछा’ माग गरे पनि निर्वाचन आयोगले उक्त पार्टीलाई ‘ग्यास सिलिण्डर’ चुनाव चिह्न दिएको छ। गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा ‘तीर धनुष’ रहने गरी झण्डासमेत निर्वाचन आयोगले उनलाई प्रदान गरेको छ।