पर्सामा स्कुल बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

वीरगञ्ज – वीरगन्ज महानगरपालिका-१६ स्थित सडकमा स्कुल बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

मंगलबार बिहान तेजेस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसले ठक्कर दिँदा बाराको फेटा गाउँपालिका-५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो।

प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका मियाँलाई नारायणी अस्पतालमा उपचारका लागि लगे पनि लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। आक्रोशित स्थानीयले ठक्कर दिने बसको अगाडिको सिसासमेत फुटाएका थिए।

सम्बन्धित समाचार

सबै