२०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

२०८१ साल माघ ११ गते शुक्रबारको राशिफल :

मेष- व्यापार र उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय छ। अरूले गरेको कामको मूल्यांकन गर्नुपर्नेछ। आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ।

वृष- पशुधन र जमिनबाट सामान्य लाभ होला। व्यापार भने ठीकै मात्र छ। कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला। अधुरो काम सम्पन्‍न हुने दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ।

मिथुन- खर्च गर्दा होश पुर्‍याउनु होला। जथाभावी खाने बानीले स्वास्थ्यमा समस्या ल्याउला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। केही विवादमा समेत परिने योग छ। शारीरिक-मानसिक आलस्यता बढ्नेछ। झैभगडा हुने दिन छ।

कर्कट- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरमा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ।

सिंह- दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। यात्रामा भने जोगिएर काम गर्नु होला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ।

कन्या- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहने छन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामका लागि नयाँ अवसर आउनेछ। मनमा सदबिचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ।

तुला- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी आज नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। धेरै बोल्ने बानीले दुःख पाइएला। धनको नाश पनि होला। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।

वृश्‍चिक- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। धन र अन्‍नको लाभ हुन सक्छ। प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। मन्दिरको भ्रमण हुन सक्छ।

धनु- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। यात्राको योग छ। परिवारमा पनि खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ, प्रयास जारी राख्‍नु होला। गरिराख्‍नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। जागिरमा भने समस्या देखापर्ने देखिन्छ।

मकर- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने साथै सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्‍न थाल्नेछन्।

कुम्भ- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही पैसाको हानी पनि होला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले लक्ष्‍य प्राप्त गर्न नसकिएला। खर्च धेरै बढ्ने छ।

मीन- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा वर्चस्व बढाउन सकिनेछ। दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ।

सम्बन्धित समाचार

सबै