सोनाम ल्होछारका अवसरमा बागमती नगरपालिकाले दियो चार दिन बिदा

हरिवन – सोनाम ल्होछारको अवसर पारेर सर्लाहीको बागमती नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने भएको छ।

नगरपालिकाले आज एक सूचना जारी गरेर माघ १५ देखि १८ गतेसम्म स्थानीय बिदा दिने निर्णय भएको जनाएको हो।

उक्त चार दिन नगरपालिकाका भित्रका सबै सरकारी संघ संस्था तथा कार्यालयहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

सबै