आजको राशिफल : कर्कटले आश मारेको काम बन्ने, कुम्भलाई आर्थिक संकटले सताउने

२०८१ साल माघ १६ गते बुधबारको राशिफल :

मेष- अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ।

वृष- पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ। पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको समय छ। व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्‍न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ।

मिथुन– प्रियजनसँग भेटघाट र प्रशन्‍नताको समय छ। विभिन्‍न उपहारसमेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ। एक्लोपनको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानी, लाञ्‍छनाजस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्‍ठामा कमी आउनेछ।

कर्कट- आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आश मारेको काम बन्‍नाले उत्साह बढ्नेछ। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। साझेदारीमा विवाद र पति-पत्‍नीमा असमझदारी बढ्नेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मंगलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ।

सिंह- प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्‍नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ।

कन्या- तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्‍न गर्दा अध्ययनका लागि विदेश यात्राको सम्भावना छ। नयाँ उद्योगधन्दा थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्‍नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्‍नतिको सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ।

तुला- सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्‍नेछन्। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ।

वृश्‍चिक- धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्‍न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ।

धनु- व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ। नयाँ नोकरी प्राप्ति वा पदोन्‍नतिको सम्भावना छ। व्यापार-व्यवसाय विस्तार हुनेछ। विश्‍वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। रोकिएका काम बन्‍न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्‍नेछ।

मकर- साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ। परिश्रमबाटै घरजग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्‍ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्।

कुम्भ- बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्‍नति वा अनुकूल स्थानान्तरण सम्भावित छ। बुद्धि-विवेकको उपयोग गर्न नसकिएला। बोलीको गलत अर्थ लाग्‍ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ।

मीन- भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्‍न माध्यम फेला पर्नेछन्। सामाजिक पक्ष सबल बन्‍नुका साथै मानसम्मान पनि पाइनेछ।

सम्बन्धित समाचार

सबै