
२०८१ साल माघ १८ गते शुक्रबारको राशिफल :
मेष : शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। खानपिनमा विचार पुर्याउनु होला।
वृष : चिताएको कामले तीव्रता लिनेछ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने बढी सजगता अपनाउनु पर्नेछ।
मिथुन : रमणीय र सुखद यात्राको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। परिश्रमअनुसारको उपलब्धि राम्रै मिल्ला।
कर्कट : आयव्यय बराबरी हुनेछ। मनमा दोधारको अवस्था सिर्जना होला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
सिंह : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। घरायसी मनोरञ्जन हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ।
कन्या : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ कार्यको योजना बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
तुला : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।
वृश्चिक : समय व्यवस्थापन गर्न गाह्रो होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्च होला। प्रेमीको सहयोग पाइनेछ। साँझमा धन हात पर्न सक्छ।
धनु : धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
मकर : जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। कृषि कार्य अघि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु होला।
कुम्भ : हर्ष र प्रसन्नतामा समय व्यतीत हुनेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्ला। मिष्ठान्न भोजनको अवसर जुर्नेछ। रोकिएका काम पूरा हुनेछन्।
मीन : मान्यजनको सुझाव अप्रिय लाग्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। आत्मबलमा कमी आउनेछ। मन उत्ताउलो बन्नेछ। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ।