महाकुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, धनुषा र महोत्तरीका ५ जनाको मृत्यु

लालबन्दी : भारतको कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा पाँच जना नेपालीको मृत्यु भएको छ।

बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए। उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन्।

बिहार प्रहरीका अनुसार बिआर३२ पिए ४६६१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको देखिएको छ।

मृतकहरूमा ४५ वर्षीय मन्तारनी देवी, ३० वर्षीय अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५५ वर्षीय इन्दु देवी र चालक रहेका छन्।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते भएका डीएसपी सिंहले बताए।

सम्बन्धित समाचार

सबै