आजको राशिफल : मेषको स्वास्थ्यमा समस्या, मकरलाई सेयर बजारमा लाभ

२०८१ साल माघ २० गते आइतबारको राशिफल :

मेष : व्यापारमा लगानी बढाउने बाध्यात्मक परिस्थिति आए पनि समय मध्ययम रहेकाले ध्यान दिन जरुरी छ । विदेशबाट आयातित सामानको व्यापार फस्टाउनेछ भने स्वदेशमा उत्पादित सामानहरुले बजार पाउने सम्भावना कम छ । खोज तथा अनुशन्धानमा लाग्ने विद्यार्थीहरुका लागि समयले भनेजस्तो नतिजा ल्याउने सम्भावना कम छ । पहिला नै फिक्स भएको प्रिय पात्रसँगको भेट नहुने हुँदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेकोछ ।

बृष : अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । परिवारका आवश्यकताहरु पूरा गर्न सकिने तथा व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथीभाईसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन : पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अघि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । उद्योग, शेयर बजार र व्यापारबाट मनग्गे आम्दानी हुनेछ ।

कर्कट : समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईंको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईंको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह : काम बढे पनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद बढ्नेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

कन्या : सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। व्यापार, उद्योथ तथा शेयर बजारबाट आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ। काम, अध्ययन तथा व्यापारको शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

तुला : व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक : मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । बैकिङ वा शेयर बजारको क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

धनु : आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमूलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरुले समाजमा काम देखाउन नसक्दा मान सम्मान टरेर जानेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापारमा कम हुनेछ । कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

मकर : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

कुम्भ : गीत संगीत तथा कला साहित्यको क्षेत्रमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्ने ग्रह योग रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मीन : पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नयाँ काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचानात्मक काम गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागी समयले साथ दिनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरेर आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् । उत्पादनमूखी उद्योग तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

सम्बन्धित समाचार

सबै