लालबन्दी – सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजी गाँजा बरामद गरेको छ।
आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाइ ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारेको हो।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा तथा अस्थायी प्रहरी पोष्ट परवानीपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।
काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अवस्थामा २२ वटा पोकाहरू फेला परेको पाठकले जानकारी दिए।
उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको पाठकले बताए।