१२ वर्षदेखि साउदी अरबमा कार्यरत धनुषाका युवकको मृत्यु

धनुषा – साउदी अरबको जेद्दा सहरमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।

जेद्दास्थित गान्दुर फुड फ्याक्ट्रीमा कार्यरत धनुषा हंसपुर नगरपालिका–३, कुम्भरा टोलका ३६ वर्षीय सुनीलकुमार कामतको मृत्यु भएको हो।

उक्त फ्याक्ट्रीमा रात्रिकालीन डिउटीमा कार्यरत कामत कार्यस्थलमै २८ जनवरीमा अचानक भुइँमा लडेका थिए।

उपचारका लागि न्यू अल जेदानी अस्पताल पुर्‍याइको र चिकित्सकले कामतलाई मस्तिष्कघात भएको बताएका थिए। कोमामा रहेका उनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो।

उनी तीन वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए।

१२ वर्षदेखि साउदी अरबमा कार्यरत थिए कामतको शव शव नेपाल पठाउने विषयमा कम्पनीमा छलफल चलिरहेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै