दाइको हत्या गरी २० वर्षदेखि फरार भाइ पक्राउ

सप्तरीः सप्तरीमा दाइको हत्या गरी फरार एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्।

२०६१ माघ १ गते झगडाका क्रममा कुटाकुट हुँदा ४० वर्षीय दाइ गणेशको हत्या गरेर उमेश रजक फरार रहेका थिए।

कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार भएका उमेशलाई माघ २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको सप्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

 

 

सम्बन्धित समाचार

सबै