वीरगञ्जमा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने पसले पक्राउ

पर्सा : वीरगञ्ज महानगरपालिकामा बाख्राको मासुलाई खसीको मासु भनी विक्री गरेको आरोपमा एकजना मासु पसले पक्राउ परेका छन्।

महानगरपालिकाको वडा नं. १३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीलाई पक्राउले पक्राउ गरेको हो।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले फ्रेस हाउसको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा भेटिएको थियो।

उक्त कार्य गैरकानुनी भएको पुष्टि भएपछि प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको छ। सो फ्रेस हाउसबाट करिब १५ केजी बाख्राको मासु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका अन्सारीलाई कालो बजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार

सबै