२०८१ साल फागुन ०७ गते बुधबारको राशिफल :
मेष- नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ। टाढाको यात्रा पनि हुन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
वृष- आज खर्च लागे पनि चिताएको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अरूले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्।
मिथुन- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ।
कर्कट- विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ। परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ। व्यापार व्यवसायमा बढी नै फाइदा हुने समय छ।
सिंह- सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय छ। पढाइमा प्रगति हुनेछ। आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। सामान्यतया दिन राम्रै छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
कन्या- रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ। साथीभाइले काममा सहयोग जुटाउन सक्छन। विस्तारै कामका बाधाहरू हट्नेछन्। नसोचेको ठाउँबाट धन प्राप्त होला। सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
तुला- विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। आफ्नाबाटै धोका पाइनेछ। अनायासै खर्च पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। विलासितामा धन खर्च हुनेछ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ।
वृश्चिक- आज ठूला व्यक्तिहरूबाट मानसम्मान प्राप्त होला। मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन छ। नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ। अर्थ अभावले काम रोकिने सम्भावना छ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।
धनु- विगतका कमजोरी सच्याउने मौका छ। विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धन लाभ होला। काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्। दिगो आम्दानी हुने काम शुरु हुनेछ। प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ।
मकर- उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ। अधैर्यपन बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ।
कुम्भ- सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ। निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। रोगले सताउन सक्छ।
मीन- विभिन्न सहयोग र उपहार पाइनेछ। मिहिनेत गर्दा अवसर भने पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ।