रोल्पामा टिपर दुर्घटना हुँदा बाराका चालकको मृत्यु

लालबन्दी : रोल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा ना.८ ख. ७२७६ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-५ बस्ने ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै