हरिवन : लाइन काटिदिएको भन्दै वडासदस्यले थर्काए विद्युतका कर्मचारी

हरिवन : सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडासदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् ।

विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई ‘मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु’ भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन् । उक्त धम्कीको भिडियोसमेत सार्वजनिक भएको छ।

फागुन ६ गते मंगलबार राति करिब ९ बजे हरिवन–४ स्थित धारटोलमा उक्त घटना भएको हो। वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन् । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए । सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहमाथि दुर्व्यवहार गरेका हुन् ।

हरिवन-३ धारटोल निवासी रामवृक्ष महतोको घरमा भोज खाइरहेका बेला उक्त घटना भएको थियो। त्यही क्रममा कुशवाहको घर वडासदस्य महतोले आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।

सम्बन्धित समाचार

सबै