बारामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

लालबन्दी : करेन्ट लागेर जितपुरसिमरामा एक जनाको मृत्यु भएको छ।

उपमहानगरपालिका १६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राइता मगरको मृत्यु भएको हो।

कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल कोल्हबीमा प्राथमिक उपचार भएपछि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सम्बन्धित समाचार

सबै