रौतहटः चन्द्रपुरका १० वटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

चपुर : अवैध र अनधिकृत तरिकाले सञ्चालन हुँदै आएका अस्पताल बन्द गराउँदै हिँडेका मुख्यमन्त्री सतिश सिंहले आज रौतहटका त्यस्ता १० अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।

शनिबार अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले चन्द्रपुर नगरपालिकामा सञ्चालित दर्ता र मापदण्ड नभएका १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका हुन।

चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लीनिक, हिमालयन पोलिक्लीनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए।

भर्ना भएका बिरामीलाई अन्यत्र भर्ना गरेर पैसा तिराउने काम बन्द गर्न निर्देशन दिँदै मुख्यमन्त्री सिंहले लिखित पत्र समेत दिएका छन्। ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल‍ मात्र दर्ता गरी सञ्चालनमा रहेको पाइएको थियो। सेवा सञ्चालन अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न उनले निर्देशन दिए।

यसअघि हिजो महोत्तरीका ५ वटा त्यस्ता अस्पताल बन्द गर्न उनले निर्देशन दिएका थिए।

सम्बन्धित समाचार

सबै