पार्टी संगठन विस्तारमा लाग्न कार्यकर्तालाई राजेन्द्र महतोको निर्देशन

लालबन्दी – राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

आज सर्लाहीको मलंगवामा महतोले कार्यकर्ता भेलामा देशमा भइरहेको विकृतिप्रति चनाखो हुन पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले निर्देशन दिए । साथै उनले यस्तो अवस्थामा अवाज उठाउन पनि कार्यकर्तासमक्ष आग्रह गरे ।

जिल्ला अध्यक्ष विनोद कुमार साहको अध्यक्षतामा कार्यक्रम भएको थियो।

पार्टीको मलंगवा नगर तयारी समिति पनि आज गठन भएको छ । अजय साह संयोजक रहेको समितिमा मो. रेजा, दिनेश चौधरी, अजय शर्मा, राजेन्द्र रौनियार, गौतम सराफ, उपेन्द्र रौनियार, रमेश गुप्ता, कृष्ण राय, राजकिशोर साह, रामवली राय, रामएकवाल साह, मो. नजाम हुसेन, राजेश महतो, सुरेश राय, समसाद, धमेन्द्र खिरहरी, शिवनारायण महतो, प्रेम गुप्ता, दिपलाल महतो, अजय साह, काशी चौधरी, प्रमोद कुमार राय लगायत २४ जना सदस्य रहेका छन्।

कार्यक्रममा सर्लाही जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतालगायत कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।

 

सम्बन्धित समाचार

सबै