
लालबन्दी : नाबालिकलाई यौन दुरुपयोग गरी वारदातपश्वात फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका १७ का ४१ वर्षीय गोपाल सिग्देललाई फागुन २२ गते प्रहरीले लालबन्दीकै वडा नम्बर ५ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सिग्देललाई जिल्ला अदालत सर्लाहीमा आवश्यक कारबाहीका लागि पेस गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
गत वर्षको असार १३ गते उक्त घटनापछि सिग्देल फरार रहँदै आएका थिए।