
जनकपुरधाम : माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्राध्यक्ष गोलाप्रथाबाट नियुक्त नगरिए परीक्षा प्रक्रियाबाट अलग हुने मधेश प्रदेश सरकारले चेतावनी दिएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन हुनुपर्ने, नभए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने विज्ञप्तिमार्फत चेतावानी दिएका हुन् ।
प्रदेशको शैक्षिक अवस्था सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियामा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने सम्बद्ध निकाय तथा अधिकारीहरूलाई निर्देशन पनि विज्ञप्तिमार्फत दिइएको छ।
यस्तो छ विज्ञप्ति