चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित

हरिवन : सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित भएका छन् ।

घिमिरे ४४२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार अन्जिता भुजेलले २१३ मत मात्रै प्राप्त गरिन्।

अन्य पदाधिकारी र सदस्यमा समेत अनेरास्ववियु र नेविसङ्घको पूरै प्यानल निर्वाचित भएको छ। क्याम्पसको स्ववियु सचिवमा रोहन उप्रेती ४०३ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी अभिषेक बानियाँको पक्षमा २४८ मत खसेको छ।

कोषाध्यक्षमा स्मृति श्रेष्ठ ४०९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी सञ्जयकुमार महतोले २३४ मत प्राप्त गरेकी छन्।

सभापति घिमिरे नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

सम्बन्धित समाचार

सबै