त्रिशुलीमा ट्रक खस्यो : रौतहट घर भएका चालकको मृत्यु, सहचालक घाइते

लालबन्दी : मुग्लिन – नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट ट्रक दुर्घटना हुँदा रौतहट घर भएका ट्रक चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा रौतहट नै घर भएका सहचालक पनि घाइते भएका छन्।

ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको आज मंगलबार बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु हुने चालक रामनारायण यादव रहेका छन् भने सहचालक असुन्द्र कुमार यादव घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाका कारण ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको छ।

सम्बन्धित समाचार

सबै