२०८१ साल चैत १७ गते आइतबारको राशिफल :
मेष- केही नयाँ काम थाल्ने समय छ। धार्मिक एवं सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ। आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। आर्थिक कारोबार राम्रै होला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ।
वृष- साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र धन लाभको बाटो पत्ता लाग्नेछ। नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। तर पनि, परिवारमा सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ।
मिथुन- गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। रोगको कारणले धन नाश होला। आज तपाईंलाई अल्छीपनले सताउला। शरीरमा रोग लाग्न सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला।
कर्कट- आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ। प्रशस्त पैसाको कारोबार होला। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। बुद्घिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्न लाभ पनि होला।
सिंह- परिश्रम गर्न सकेजति खेर जाँदैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला। आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पनि पाइएला। धनको लाभ अर्थात् पैसा कमाइने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ।
कन्या- अनौठो र लाभदायक यात्राको योग छ। सरसामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ। शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ।
तुला- सोचेअनुरूप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन। सामान्य रोगले पनि सताउला। आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा खर्च हुन सक्छ। भौतिक सरसामानको पनि क्षति हुने दिन छ।
वृश्चिक- बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ। बिहानीपख सुखको अनुभव होला, साँझ काममा मन नलाग्न सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ।
धनु- शत्रु र रोग पन्छाउने उचित समय छ। पढाइमा भने आज खासै प्रगति नहोला। आजको दिन पैसा कमाउने योग छ, नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी हुनेछ।
मकर- गरेका कामहरू सफल हुनेछन भने अधुरा काम पनि बन्ने छन्। पैसा भने अनायासै खर्च होला। कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। परिवारमा आर्थिक समस्याले सताउने छ। तथापि, काम गर्न जाँगर आउनाले धन लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ।
कुम्भ- झैझगडाको सम्भावना छ। मनमा डरले डेरा जमाउने छ। चिन्ता बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउने दिन छ।
मीन- केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ। आज कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी र राजनीतिमा भने वर्चश्व बढाउन सकिनेछ।