
२०८१ साल चैत १८ गते मंगलबारको राशिफल :
मेष- धेरै बोल्ने बानीले दुःख पाइएला। धनको नाश पनि होला। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला। स्वास्थ्यमा समस्या आउला, उपचारका लागि खर्च हुनेछ।
वृष- आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ। आफन्तले सहयोग गर्नाले सबै रोकिएका काम बन्न थाल्ने छन्।
मिथुन- गरिराख्नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। काममा जोश जाँगर आउनुका साथै आर्थिक एवं सामाजिक लाभ मिल्ने छ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ।
कर्कट- सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्न थाल्ने छन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी घरपरिवारबाट सुख शान्ति पाइने छ।
सिंह- भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। खर्च धेरै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ।
कन्या- मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचेअनुसार काम बन्न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। आज अलमल गराउने खालको समय छ। काममा पनि मन नजान सक्छ।
तुला- आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ। पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूप फाइदा होला।
वृश्चिक- केही अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ। आर्थिक लाभ पनि होला। पैत्रिक सम्पत्तिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने समय छ। वाहन, चौपाया प्राप्ति होला। नयाँ सामान खरिद गर्ने योग देखिन्छ।
धनु- विवादमा परिने योग छ, सावधान रहनु होला। शारीरिक र मानसिक आलस्य बढ्नेछ। झैझगडा हुने दिन छ। अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्याउनु होला।
मकर- परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ।
कुम्भ- प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थस्थल वा मन्दिरको भ्रमण हुन सक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ। दिन रमाइलोको साथ बित्ने छ।
मीन- मनमा सदबिचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ।